डडेल्धुरा, नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी डडेल्धुराको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जित ताम्राकारको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ।
समाजको उपाध्यक्ष लक्ष्मण सुनार र भागरथि बि क, सचिवमा दिपक नेपाली , उपसचिवमा अन्जु नेपाली चयन भएका छन् ।
कार्यक्रमको अध्यक्षता क. घनश्याम ताम्राकारले गरेका थिए भने प्रमुख आतिथ्यथा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय अध्यक्षता क. मनोहर विश्वकर्मा पौडेलले ग्रहण गरेका थिए। विशिष्ट अतिथिको रूपमा क. पठान सिंह बोहरा रहनु भएको थियो।
त्यसैगरी, कार्यक्रममा क. अफिलाल ओखेडा, क. चक्र स्नेही, क. सुन्दर जैरु, क. भान सिंह विश्वकर्मा, क. जय बहादुर बिक लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले संगठनलाई थप प्रभावकारी बनाउन नयाँ नेतृत्वको भूमिकाप्रति विश्वास व्यक्त गरेका थिए।