कपिलवस्तु, अषाढ ७ – मुक्ति समाज नेपाल, कपिलवस्तु जिल्ला कमिटीको आयोजनामा एक दिवसीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शिवराज नगरपालिका–७, शिवपुरमा सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिकास्तरका पदाधिकारीहरू सहित पार्टीका विभिन्न तहमा संलग्न कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा नेकपा (एमाले) कपिलवस्तु जिल्ला अध्यक्ष कमरेड बाबुराम खनाल, जिल्ला सचिव कमरेड सिबी गहतराज, मुक्ति समाज नेपाल केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष कमरेड कृष्ण बिश्वकर्मा, केन्द्रीय सदस्यहरू टिकाराम सुनार, सुमित्रा परियार, प्रदेश सल्लाहकार समितिका सदस्य बेगम बिश्वकर्मा, प्रदेश सचिवालय सदस्यहरू लालबहादुर सुनार, खगी सुनार, प्रदेश सदस्य रामबहादुर गन्धर्व, टंक सुनार, तथा जिल्ला सदस्यहरू खिम विक्रम केसी, बाबुराम सापकोटालगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो ।
प्रशिक्षणमा नेकपा (एमाले) जिल्ला अध्यक्ष कमरेड बाबुराम खनालले मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको सन्दर्भमा मुक्ति आन्दोलनको वैचारिक आधार प्रस्तुत गर्नुभयो। लुम्बिनी प्रदेश अध्यक्ष कमरेड कृष्ण बिश्वकर्माले मुक्ति आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, उपलब्धि र वर्तमान अवस्थाबारे प्रष्ट पार्नुभयो। जिल्ला सचिव कमरेड सिबी गहतराजले जनसंगठन परिचालन तथा सञ्चालन प्रक्रियाबारे प्रशिक्षण दिनुभयो भने केन्द्रीय सदस्य कमरेड टिकाराम सुनारले कपिलवस्तु जिल्लामा मुक्ति समाज नेपालको राजनीतिक तथा संगठनात्मक अवस्थाको समिक्षा गर्नुभयो ।
यस्तै, केन्द्रीय सदस्य सुमित्रा परियारले संगठनको आगामी कार्ययोजना बारे धारणा राख्नुभयो। "जिल्ला अध्यक्ष कमरेड रामप्रकट कोरिले जातीय छुवाछूत र सामाजिक विभेद अन्त्यका लागि आमसञ्चारको महत्वपूर्ण र उत्तरदायी भूमिकाबारे विशद रूपमा प्रस्तुत गर्नुभयो। उहाँले सञ्चारमाध्यमहरू जनचेतना अभिवृद्धि गर्ने, सामाजिक रूपान्तरणलाई प्रवर्द्धन गर्ने र उत्पीडित समुदायको आवाज सशक्त रूपमा सार्वजनिक गराउने प्रमुख माध्यम भएको उल्लेख गर्दै, जिम्मेवार र समावेशी पत्रकारिताको खाँचो औंल्याउनुभयो।"
कार्यक्रममा शुभकामना मन्तव्य कमरेड सुदिपप्रसाद कोरी, खिम विक्रम केसी, बाबुराम सापकोटा लगायतले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव कमरेड किरण नेपाली, स्वागत मन्तव्य उपाध्यक्ष लिला नेपालीले गर्नुभयो भने प्रशिक्षण कार्यक्रम जिल्ला अध्यक्ष कमरेड रामप्रकट कोरिको अध्यक्षतामा सम्पन्न भएको थियो ।