detail-img

मुक्ति समाज नेपाल छत्रकोट गाउँ कमिटीको तेस्रो सम्मेलन सम्पन्न

छत्रकोट, गुल्मी – मुक्ति समाज नेपाल छत्रकोट गाउँ कमिटीको तेस्रो गाउँ सम्मेलन भव्यता र उत्साहका साथ सम्पन्न भएको छ। सामाजिक न्याय, समावेशिता, र दलित समुदायको सशक्तिकरणमा केन्द्रित रहँदै सम्पन्न उक्त सम्मेलनले संगठनात्मक सुदृढीकरणतर्फ दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

उद्घाटन सत्रमा मुक्ति समाज नेपालका केन्द्रीय सदस्य कमरेड दल बहादुर बिश्वकर्मा, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष कमरेड कृष्ण बिश्वकर्मा, नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य तथा छत्रकोट गाउँपालिका अध्यक्ष कमरेड रामप्रसाद पाण्डे, नेकपा (एमाले) छत्रकोट गाउँ कमिटी अध्यक्ष कमरेड पिताम्बर अर्याल, मुक्ति समाज लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य कमरेड यम नेपाली र कमरेड दुर्गाप्रसाद सुनार, जिल्ला कमिटी अध्यक्ष कमरेड दिपक बराल, सचिव कमरेड दुर्गा बिश्वकर्मा, साथै नेकपा (एमाले) जिल्ला कमिटी सदस्य कमरेड हेमन्त सुनार, सावित्रा बिश्वकर्मा र अर्पना सुनारले शुभकामना मन्तव्य प्रदान गर्नुभएको थियो।कार्यक्रममा मुक्ति समाज लुम्बिनी प्रदेश कमिटीका सल्लाहकार सदस्य कमरेड चन्द्र नेपालीको लगाएतको उपस्थिति रहेको थियो।

सम्मेलनले सर्वसम्मत रूपमा कमरेड बाबुराम (चेत) परियारको नेतृत्वमा २३ सदस्यीय नयाँ गाउँ कमिटी गठन गरेको छ। नवगठित कमिटीमा रहेका पदाधिकारीहरू यस प्रकार छन्: अध्यक्ष: क. बाबुराम परियार, उपाध्यक्षहरू: क. कृष्ण बिश्वकर्मा र क. तामर्जन परियार, सचिव: क. सम्झना परियार, उपसचिवहरू: क. पुष्पा नेपाली र क. पवित्रा बिश्वकर्मा र कोषाध्यक्ष: क. भिमबहादुर परियार रहेका छन् ।  

कार्यक्रमको अध्यक्षता अध्यक्ष क. बाबुराम परियारले गर्नुभएको थियो । स्वागत मन्तव्य क. कृष्ण बिश्वकर्माले गर्नु भएको थियो भने, कार्यक्रमको सञ्चालन क. रमेश बिश्वकर्माले कुशलतापूर्वक गर्नुभएको थियो।

 

सम्मेलनले मुक्ति समाज नेपाललाई अझ सबल, संगठित र जनसमुदायसँग नजिक बनाउने संकल्प गर्दै, दलित समुदायको समान सहभागिता, न्यायको सुनिश्चितता, र सशक्त संगठन निर्माणप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।