detail-img

मुक्ति समाज नेपाल रुरुक्षेत्र गाउँ कमिटीको तेस्रो गाउँ सम्मेलन सम्पन्न, ममता सुनारको नेतृत्वमा नयाँ कमिटी चयन

गुल्मी, जेष्ठ  ३१  — मुक्ति समाज नेपाल रुरुक्षेत्र गाउँ कमिटीको तेस्रो गाउँ सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनले कमरेड ममता सुनार आत्रेयको नेतृत्वमा २५ सदस्यीय नयाँ गाउँ कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।

नवगठित कमिटीमा अध्यक्षको रूपमा क. ममता सुनार आत्रेय चयन हुनु भएको छ भने उपाध्यक्षमा क. भेषबहादुर बिश्वकर्मा, खिम नेपाली र ईन्द्र बिश्वकर्मा रहेका छन्। सचिव क. जनक बस्याल, उपसचिव क. गिता बिश्वकर्मा र राजु बिश्वकर्मा तथा कोषाध्यक्षमा क. मिना नेपाली चयन हुनुभएको छ।

सम्मेलनको उद्घाटन सत्रमा मुक्ति समाज नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष क. कृष्ण बिश्वकर्मा, नेकपा (एमाले) गुल्मी जिल्ला कमिटी उपसचिव लक्ष्मीदेवी पन्थ, जिल्ला कमिटी सचिवालय सदस्य क. शेषनारायण पौडेल, रुरुक्षेत्र कमिटी अध्यक्ष क. फर्सुराम ज्ञवाली, मुक्ति समाज प्रदेश सचिवालय सदस्य क. यम नेपाली, क. कृष्ण बी. के. लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

त्यसैगरी, नेकपा (एमाले) जिल्ला अध्यक्ष क. दिपक बराल, उपाध्यक्ष क. सोम नेपाली, सचिव क. दुर्गा बिश्वकर्मा, उपसचिव क. रमेश बिश्वकर्मा, जिल्ला कमिटी सदस्यहरु क. सुजन अर्याल, अञ्जु कँडेल, सरिता नेपाली, नारायण के.सी., वडा अध्यक्ष कमरेड नवराज बिश्वकर्मा, मोति श्रेष्ठ, र कार्यपालिका सदस्य मिना नेपाली, राजकुमारी शाही, रिता बराल, बुद्धिमति लामिछानेजस्ता नेताहरूले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।

सम्मेलनको अवसरमा गाउँ कमिटीका पूर्व अध्यक्ष कमरेडहरु धन बहादुर बिश्वकर्मा, दुर्गा बिश्वकर्मा, सोम नेपाली र कृष्ण बी. के. लाई सम्मानपत्र सहित सम्मान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता क. कृष्ण बिश्वकर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य क. मिना नेपालीले राख्नुभएको थियो र कार्यक्रम सञ्चालन क. ममता सुनारले गर्नुभएको थियो।