बैतडी, फागुन २४ । नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीको ९औं जिल्ला सम्मेलन नेकपा (एमाले) जिल्ला कमिटी कार्यालय, गोठालापानीमा भव्य समारोहका बीच सम्पन्न भएको छ। सम्मेलनका प्रमुख अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष कमरेड मनोहर विश्वकर्मा पौडेल रहनु भएको थियो।
समारोहमा समाजका केन्द्रीय उपाध्यक्ष कमरेड अफिलाल ओखेडा, नेकपा (एमाले) केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कमरेड लिलाधर भट्ट, नेकपा (एमाले) बैतडीका अध्यक्ष कमरेड नरेश विश्वकर्मा, प्रदेश सचिवालय सदस्य कमरेड जय बहादुर विक, समाजका प्रदेश अध्यक्ष कमरेड भानसिंह विकलगायत नेताहरूले सम्बोधन गर्नु भयो।
सम्मेलनले सर्वसम्मत रूपमा अध्यक्षमा कमरेड सुरेश सेरला, उपाध्यक्षमा कमरेड मनिराम लुहार र कमरेड पुनराम सार्की, सचिवमा कमरेड राकेश चुनारा, उपसचिवमा कमरेड मदनराम लोहार र कमरेड हरि नेपाली तथा कोषाध्यक्षमा कमरेड शोभा महर चयन गरेको छ। साथै, ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
उक्त सम्मेलनले समाजको संगठनात्मक सुदृढीकरण गर्दै उत्पीडित जातिहरूको हकअधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ। सम्मेलनको सफलताका लागि विभिन्न तहका कार्यकर्ताहरूले महत्वपूर्ण भूमिका खेलेका थिए।