तनहुँ, फागुन २५। नेपाल उत्पीडित जातीय मुक्ति समाज घिरिङ गाउँ कमिटीको दोस्रो अधिवेशन कमिटीका अध्यक्ष कमरेड अन्जान परियारको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य तथा शुक्लागण्डकी नगरपालिकाका निवर्तमान उपप्रमुख कमरेड सबिता रसाईली हुनुहुन्थ्यो। विषेश अतिथि मुक्ति समाज केन्द्रीय सचिव कमरेड सोम नाथ पोर्तेल, नेकपा (एमाले) गण्डकी प्रदेश सल्लाहकार परिषद् सदस्य तथा मुक्ति समाज केन्द्रीय सदस्य एवं तनहुँ जिल्ला इन्चार्ज कमरेड मोहन विश्वकर्मा, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवं घिरिङ गाउँपालिका अध्यक्ष कमरेड होम बहादुर थापा, नेकपा (एमाले) महाधिवेशन प्रतिनिधि कमरेड विष्णुभक्त सिग्देल, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी अध्यक्ष कमरेड भरत लामगादे, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवं घिरिङ गाउँपालिका पूर्व अध्यक्ष कमरेड रन बहादुर राना, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य कमरेड दीपक खाती, नेकपा (एमाले) घिरिङ गाउँ कमिटी अध्यक्ष कमरेड सुमन कुमार श्रेष्ठ, जिल्ला सल्लाहकार परिषद् सदस्य कमरेड गोपाल बिक, घिरिङ गाउँपालिका सदस्य एवं कार्यपालिका सदस्य कमरेड भुवन सिंह बिक, मुक्ति समाज भीमदनगर कमिटीका अध्यक्ष कमरेड शालिकराम गहतराज लगायतका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
अधिवेशनमा मुक्ति समाज केन्द्रीय सदस्य तथा नेकपा (एमाले) जिल्ला कमिटी उपसचिव कमरेड सुनिता नेपाली, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एवं घिरिङ गाउँपालिका उपाध्यक्ष कमरेड राधा देवी अधिकारी, नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य कमरेड इन्द्र थापा, मुक्ति समाज प्रदेश कमिटी सदस्य कमरेड सेती माया गौतम, बिरु बस्याल, जिल्ला कमिटी सदस्य कमरेड झमान सिंह सार्की, उपाध्यक्ष कमरेड विष्णु वीर राना, उपसचिव कमरेड पार्वती बिक, मुक्ति समाज जिल्ला कमिटी सदस्य कमरेड कृष्ण माया नेपाली, मुक्ति समाज जिल्ला कमिटी सदस्य एवं घिरिङ गाउँपालिका कार्यपालिका सदस्य कमरेड टोपबहादुर रामदाम, जिल्ला कमिटी सदस्य कमरेड नारायणी सुनार, शुक्लागण्डकी नगर कमिटी उपसचिव कमरेड भविसरा रसाईली लगायतका नेताहरूको उपस्थित रहेको थियो।
अधिवेशनमा ३०० भन्दा बढीको सहभागिता रहेको थियो। जातीय विभेद विरुद्धको नाटक प्रदर्शन तथा गाजा बाजासहित कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो।
कार्यक्रमको स्वागत मन्तव्य मुक्ति समाज जिल्ला कमिटी सदस्य नारायणी सुनारले दिनुभएको थियो भने सञ्चालन नेपाल उत्पीडित जातीय मुक्ति समाज घिरिङ गाउँ कमिटीका सचिव कमरेड दिल कुमार बिकले गर्नुभएको थियो।
अधिवेशनले कमरेड कृष्ण माया नेपालीको अध्यक्षतामा ३१ सदस्यीय नेपाल उत्पीडित जातीय मुक्ति समाज घिरिङ गाउँ कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।