डोटी, फागुन २ । नेपाल उत्पीडित जातीय मुक्ति समाज डोटी जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय, सिलगढीमा भव्य रूपमा सम्पन्न भएको छ। भेला नेकपा (एमाले) डोटीका जिल्ला अध्यक्ष कमरेड केशब बहादुर चदाराको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष कमरेड मनोहर विश्वकर्मा पौडेल रहनुभएको थियो। विशेष अतिथिको रूपमा समाजका केन्द्रीय उपाध्यक्ष कमरेड अफिलाल ओखेडा तथा नेकपा (एमाले) प्रदेश कमिटी सचिवालय सदस्य कमरेड जय बहादुर विक, दिर्घ बोगटी, भरत बोहरा, नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष कमरेड मन्जु मलाशी, संगठनका केन्द्रीय सदस्यहरू कमरेड टेक बहादुर नेपाली, कमरेड अर्चना गहतराज, कमरेड धर्म सिंह बिक, कमरेड डम्बर दौडी लगायत नेताहरूको उपस्थिति रहेको थियो।
भेलाले संगठन सुदृढीकरणसम्बन्धी कार्ययोजना निर्माण गर्दै आगामी दिनमा उत्पीडित जातिहरूका अधिकार सुनिश्चित गर्न थप सशक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।