detail-img

नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीको ९औं जिल्ला सम्मेलन भव्य रूपमा सम्पन्न

जुम्ला । नेपाल उत्पीडित जातीय मुक्ति समाज जुम्लाको अध्यक्षमा कमरेड दिनेश सुनार चयन भएका छन् । जुम्लामा शनिवार सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट सुनार अध्यक्षमा चयन भएका हुन् । मुक्ति समाजको उपाध्यक्षमा कमरेड वीर बहादुर सार्की, महिला उपाध्यक्षमा कमरेड सयरुपा दमाई,सचिवमा कमरेड दले साकी उपसचिवमा कमरेड दिनेश सार्की र कोषाध्यक्षमा जगत नेपाली सहित २३ सदस्यीय नेपाल उत्पीडित जातीय मुक्ति समाज जुम्लाकोको नयाँ कार्यसमिति चयन भएको हो  ।

नेकपा (एमाले) पार्टी पोलिटब्युरो सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका ईन्चार्ज कमरेड तिजु गौतमलले उत्पीडित जातीको उत्थान तथा पुर्नस्थापनका लागि काम गर्न निर्देशन दिए । नेकपा ( एमाले)का पोलिटब्युरो सदस्य समेत रहेका गौतमले जातीयताको आन्दोलनलाई संविधानलेनै संबोधन गरेता पनि समाजमा रहेको विभेदका विरुद्धमा बुलन्द आवाज उठाउन एकजुट हुनु पर्ने उल्लेख गरे ।

उत्पीडनमा रहेको समुदायको सवालहरुलाई राज्यको ध्यान केन्द्रीत हुने गरी जुम्लाबाटै आन्दोलनको सुरुवात गर्नुपर्नेमा जोड दिए । नेकपा (एमाले)ले नेतृत्व गरेको सरकारले भूमिहिन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या हल गर्नका लागि भूमि समस्या समधान सम्बन्धी अध्यादेश ल्याएता पनि पश्चगामी शक्तिहरुले अध्यादेश टेबुल हुन नदिएको प्रष्ट पारे ।

नेकपा (एमाले) जुम्लाका ईन्चार्ज कमरेड रतननाथ योगीले उत्पीडित समुदायको सवाललाई पेचिलो बनाउन जुम्लामा नयाँ गठन भएको मुक्ति समाजले परिणाममुखी काम गर्ने उल्लेख गरे । मुक्ति समाज सहित पार्टीका सबै शुभेच्छुक संगठनका अनुकरणीय काम सफल बनाउन सबैले सकरात्मक सहयोग गर्नुपर्ने उल्लेख गरे ।