detail-img

नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रेपलाञ्चोकको चौथो ऐतिहासिक जिल्ला सम्मेलन सम्पन्न

काभ्रेपलाञ्चोक, चैत्र ६ । नेपाल - नेपाल उत्पीडित जातीय मुक्ति समाज काभ्रेपलाञ्चोक जिल्लाको चौथो ऐतिहासिक जिल्ला सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनले ४३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।

चौथो ऐतिहासिक जिल्ला सम्मेलनबाट कमरेड मदन बि.क.अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। समाजको उपाध्यक्षमा कमरेड ठूलो कान्छा मिजार, सचिव कमरेड  चण्डिका परियार, उपसचिव कमरेड रत्न सेवा,  उपसचिव कमरेड  रामचन्द्र बिस्वकर्मा र कोषाध्यक्षमा कमरेड सम्झना मिजार सहित ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

प्रमुख अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय अध्यक्ष तथा नेकपा (एमाले) केन्द्रीय सदस्य कमरेड मनोहर बि. पौडेल थिए। साथै अतिथिका रुपमा नेकपा (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्ष कमरेड राजन भुर्तेल, नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज कमरेड टेक घतानी, नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय स्थायी कमिटी सदस्य कमरेड विष्णु बहादुर मिजार, नेकपा (एमाले) प्रदेश कमिटी सदस्य गीता सुनार, नेकपा (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटी उपाध्यक्ष कमरेड देव सागर लामा, सचिवालय सदस्य खड्का पुर्कोटी, नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सदस्य सम्झना परियार, नेपाल उत्पीडित जातीय मुक्ति समाज बागमती प्रदेश अध्यक्ष कमरेड नवीन घतानी लगायतको उपस्थिति रहेको थियो।

नव-निर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि कमरेड मनोहर बि. पौडेलले सपथ ग्रहण गराए। उनले दलित समुदायको सशक्तीकरणका लागि यो समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि राज्यका सबै निकायहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए ।


उक्त कार्यक्रमको अध्यक्षता कमरेड तेज नेपालीले गरेका थिए भने स्वागत मन्तव्य उर्मिला नेपालीको थियो भने कार्यक्रम सञ्चालन मदन गहतराजले गरेका थिए । 

सम्मेलनले संगठनलाई थप सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्दै समानता र न्यायको पक्षमा सशक्त आन्दोलन निरन्तर अघि बढाउने निर्णय गरेको छ ।