detail-img

मुक्ति समाजको अध्यक्षमा पौडेल दोहोरिए, अनुभूतिबम बने महासचिव

जेष्ठ ८, काठमाडौँ — नेकपा (एमाले)को भातृ संगठन मुक्ति समाज नेपालको ७ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा मनोहर विश्वकर्मा पौडेल चयन भएका छन्। यसअघि पनि अध्यक्ष रहेका उनी सम्मेलनबाट सर्वसम्मतरुपमा दोश्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्।

मुक्ति समाज नेपालको उपाध्यक्षमा मैना अच्छामी र निर्मल देउला चयन भएका छन्। महासचिवमा अनुभूतिबम नेपाली चयन भएका छन्। नेपाली यसअघि उपाध्यक्ष थिए। त्यस्तै, उपमहासचिवमा सोमनाथ पोर्तेल, सचिवहरूमा टेक घतानी, तेजकुमार विके, कल्पना बराल र मानदेव हजरा चयन भएका छन्।

सम्मेलनले समाजको केन्द्रीय सदस्य खुलातर्फ प्रेम भुल, भारम सुनार, काशी खाती, हरि रसाइली, कृष्ण गदाल, मंगल नेपाली, नवीन घतानी, रवि सेन्चुरी, सन्त परियार, उमेश विश्वकर्मा, दशरथ राम, बलबहादुर परियार र सत्यराज स्नेहीलाई चयन गरेको छ।

त्यस्तै महिला सदस्यतर्फ नन्दकला दमै, निर्मला परियार, मनबुजा विश्वकर्मा, सावित्रा परियार, अस्मिता परियार, अन्जना गहतराज, कल्पना रामदाम, हर्कमाया विश्वकर्मा, धनमाया विश्वकर्मा, रिता रिजाल, लक्ष्मी विश्वकर्मा, गीतादेवी राम र बालकुमारी विश्वकर्मा चयन भएका छन्।

सम्मेलनले मधेशबाट ११ जना, बागमतीबाट १९ जना, गण्डकीबाट १७ जना, कोशीबाट २० जना, लुम्बिनीबाट १८ जना, कर्णालीबाट १३ जना, सुदूरपश्चिमबाट १४ जना र अल्पसंख्यकबाट ४ जनालाई सदस्य चुनेको छ। लेखा आयोगको अध्यक्षमा गोपाल परियार, उपाध्यक्षमा कुमार विश्वकर्मा, सचिवमा नरेन्द्र भित्रिकोटी चयन भएका छन्।